News Portal

  • स्वस्तिक लघुवित्तद्वारा गुडिया बनाउने तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता१८ जेठ, २०८१
    ६६ पटक
    १८ जेठ, २०८१

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सिराहाको कल्याणपुर शाखा अन्तर्गत रहेको बिष्णुपुर गाउँपालिका २ राजपुरमा आफ्ना ग्राहक सदस्यहरुको आम्दानी बृद्धि गराउने उद्देश्यका साथ गुडिया बनाउने तालिम प्रदान गरेको छ ।

    तालिममा कल्याणपुर शाखाबाट वित्तीय सेवा उपभोग गरिरहेका १९ जना महिला सदस्यको सहभागीता थियो । माया कुमारी गुप्ता तालिम सञ्चालक रहेको उक्त तालिममा कम्पनीको तर्फबाट आन्तरिक लेखापरिक्षण विभाग प्रमुख गणेश गुरुङ्ग र सोही शाखाको शाखा प्रमुख अमरेश कुमार महतोको उपस्थिति थियो ।

    सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले हालको विषम परिस्थितिमा सम्भब भएसम्म आयमुलक तालिम मार्फत् आम्दानी बृद्धि गराई कर्जा असुलीसँगै ऋणीको दिगो आम्दानी श्रोतको पनि विकास गर्ने लक्ष्य रहेको बताए ।

    यसअघि कम्पनीले वित्तीय चेतनालाई लक्षित गर्दे वित्तीय साक्षरता कार्यक्रमहरु ग्राहक सदस्य तथा विद्यार्थीहरु बीच सञ्चालन गर्दै आएको थियो । अब दोश्रो चरणको रुपमा आयमुलक तालिमलाई प्राथमिकताका साथ अगाडी बढाउने योजना रहेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्