News Portal

  • नेको इन्स्योरेन्सको खुद बीमाशुल्क ४३ करोड २८ लाख

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०७७
    १४११ पटक
    ११ मंसिर, २०७७

    काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा नेको इन्स्योरेन्स कम्पनीले ४३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
    कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १२ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको नाफा ७ करोड ५३ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षकै पहिलो त्रैमासमा कम्पनीको आम्दानी २० करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको आम्दानी १२ करोड ६० लाख रुपैयाँ रहेको थियो । त्यसैगरी, चालु आर्थिक वर्षमा कम्पनीको खर्च ७ करोड ९४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही समयमा कम्पनीको खर्च ५ करोड ६ लाख रुपैयाँ रहेको थियो ।
    हाल नेको इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ५८ करोड ४ लाख रुपैयाँ छ । बीमा कोषमा ८९ करोड ३९ लाख रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा कम्पनीको ८ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
    कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७८ हजार ४२ वाटा बीमालेख जारी गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६८ हजार ४ सय वटा मात्र बीमालेख जारी भएका थिए ।
    नेपाली बजारमा रहेका बीमा कम्पनीहरुको बीमा व्यवसाय आगामी दिनमा चुनौतीपूर्ण देखिने कम्पनी व्यवस्थापनको ठहर रहेकोछ । बीमा कम्पनीबीचको प्रतिस्पर्धा, सिमित बजार तथा पुनर्र्बीमकहरुबाट प्राप्त हुने कमिशन र अन्य सुविधामा कटौतिका कारण चुनौति थपिएको कम्पनीले बताएका छ । चुनौति सामना गर्न कम्पनीले आगामी दिनहरुमा पयाृप्त तालिमको व्यवस्था गरी जनशक्तिलाई दुरुस्त पार्ने जनाएको छ । यस्तै, सम्भावित क्षेत्रमा शाखा कार्यालयहरुको विस्तार गर्ने तथा ग्राहकहरुसँग सुमधुर सम्बन्ध कायम राखी बीमा सेवा छिटो छरितो बनाउने योजना कम्पनीले बनाएकोे छ ।

    प्रतिकृया दिनुहोस्