News Portal

  • प्रभु बैंकका ग्राहकले सोल्टि होटलमा आकर्षक छुट पाउने

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०८१
    ३१३ पटक
    १४ जेठ, २०८१

    काठमाडौं । द सोल्टि होटल ग्रूप र प्रभु बैंक बीच विशेष छूट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आइतबार आयोजित कार्यक्रममा प्रभु बैंककातर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा द सोल्टि होटल ग्रूपकातर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    द सोल्टि होटल ग्रूप अन्तर्गत द सोल्टि होटल एण्ड रिसोर्ट,सोल्टि वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टि वोष्टेण्ड इटहरी, सोल्टि वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टि वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरसँग प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएबापत विशेष छूट पाउने छन् ।

    सम्झौता अनुसार प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले होटल तथा रिसोर्टको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ ।

    उक्त होटलको उल्लेखित होटल तथा रिसोर्टमार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छूटका साथै खाना तथा पेय पदार्थमा १५ प्रतिशत छूट प्राप्त गर्न सकिने छ ।

    विगत ५ दशकभन्दा वढि देशको पर्यटन क्षेत्रमा द सोल्टि होटल ग्रूपले योगदान गर्दैआएको छ भने त्यसैगरी, प्रभु बैंकको नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीएमका साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा वढि ग्राहक छन् ।

    प्रतिकृया दिनुहोस्