News Portal

  • सनराइज बैंकद्वारा ‘सनराइज स्मार्ट बचत खाता’ सञ्चालन

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०७७
    १४१० पटक
    ११ मंसिर, २०७७

    काठमाडौं । सनराइज बैंकद्वारा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरुले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् ।
    सो खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल ट्रान्जेक्सनसमेत गर्न सक्ने बैकंले जनाएको छ । उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी आफैले मुद्दती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक वेभसाइटमा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ । यसरी अनलाइनबाट खोलिएका ‘सनराइज स्मार्ट बचत खाता’ शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याजसमेत दिने बैंकले जनाएको छ । यद्यपी ग्राहकहरुले खाता खोलेको १ वर्षभित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्