News Portal

  • मुद्रण उद्योग संघ कास्कीद्वारा ११५ जना कामदारको निःशुल्क जीवन बीमा

    आर्थीकसंसार संवाददाता११ जेठ, २०८१
    १२५ पटक
    ११ जेठ, २०८१

    काठमाडौं । मुद्रण उद्योग संघ कास्कीले मुद्रण व्यवसायमा आबद्ध कामदारहरूको निःशुल्क बीमा गराएको छ । संघले बिहीबार आयोजित एक कार्यक्रमका बीच कामदारहरूको निःशुल्क बीमा गराएको हो ।

    लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी, लुम्बीनी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले बीमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    प्रमुख शिव पौड्यालले बीमा सम्झौतामा दुर्घटना उपचार खर्च वार्षिक २० हजार, मृत्यु भएमा १ लाख र दुर्घटना भई मृत्यु भएमा थप ५० हजार र अपांग (पूर्ण अशक्त) भएमा ५० हजार रुपैयाँको लाभ लिन सकिने जानकारी गराए ।

    उनले कार्यक्रममा बोल्दै बीमा गर्नु खर्च नभइ लगानी भएको जानकारी गराएका थिए । जीवन सहजीकरण, सुख दुखमा साथ दिने भनेको बीमा रहेको बताउँदै उनले मानिसको अत्यावश्यक चिजमध्ये बीमा पनि एक भएको उल्लेख गरे ।

    प्रमुख पौड्यालले मानिसको मृत्यु भएपछि वा अपांग हुँदा वा बिरामी हुँदा लगायत अन्य दुःखमा परिवारलाई हुन सक्ने आर्थिक समस्यालाई केही भए पनि मलम लगाउने काम बीमाले गर्ने बताए ।

    अध्यक्ष बास्तोलाले पोखरामा १ सय भन्दा बढी छापाखाना व्यवसायीहरू भएको र करिब ८ सय जना मजदुरहरु रहेको जानकारी गराउँदै जोखिम न्यूनीकरणको लागि बीमा गरिएको जानकारी गराए । उनले हाल १ सय १५ जनाको बीमा गराइएको र छिट्टै नै सम्पूर्ण मजदुरहरूको निःशुल्क बीमा गराइने बताए ।

    अध्यक्ष बास्तोलाका अनुसार बीमाको लागतमा ५० प्रतिशत व्यावसायिक प्रतिष्ठानले र ५० प्रतिशत रकम मुद्रण उद्योग संघ कास्कीले व्यहोर्ने गरी जीवन बीमा गरिएको छ।

    कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका निवर्तमान कोषाध्यक्ष कोपिला श्रेष्ठले दुर्घटना र जीवन बीमाको अनुभावका बारेमा जानकारी गराइएका थिइन्  ।

    प्रतिकृया दिनुहोस्