News Portal

  • होटल सरोवर र किगंस लाउन्जमा प्रभु बैंकका ग्राहकलाई छुट हुने

    आर्थीकसंसार संवाददाता९ जेठ, २०८१
    ५५ पटक
    ९ जेठ, २०८१

    पोखरा । होटल सरोवर र किगंस लाउन्ज पोखरामा प्रभु बैंकका ग्राहकलाई छुट हुने भएको छ । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर र किगंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

    मंगलबार छुट्टाछुट्टै समारोहकाबीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किगंस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रवन्धक अजय नकर्मी र बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल सरोवरमा उपलब्ध सेवा हरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवामा छुट प्राप्त गर्न सक्नेछन् ।

    किगंस लाउन्ज पोखरामा उपलब्ध सेवाहरू जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुविधामा छुट प्राप्त गर्न सक्नेछन् । साथै बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्