News Portal

  • बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरूपमा कर्जा पाइने

    आर्थीकसंसार संवाददाता६ जेठ, २०८१
    ३३४ पटक
    ६ जेठ, २०८१

    काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता भएको छ । बैंक र सिमेक्स इंकबीच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारीक विक्रेताले बिक्री गर्ने बीवाईडी ब्राण्डका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने नेपाली नागरिकहरूले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि नियमानुसार बैंकले उचित ठहर्‍याएका ग्राहकलाई ३ दिनभित्र सहजरूपमा सवारीसाधन कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

    ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारीसाधनलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । आफ्ना ग्राहकका सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ ।

    उक्त समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंकका तर्फबाट सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन्  ।

    प्रतिकृया दिनुहोस्