
काठमाडौं । सिभिल बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० गतेदेखि कारोबार सञ्चालन गर्दै आइरहेको बैंक १० वर्ष पूरा गरी ११औं वर्षमा प्रवेश गरेको छ ।
बैंकले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा ‘म एक जिम्मेवार सिभिलियन’सहित हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै निम्नानुसारको विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव भव्य रुपमा मनाइएको बैंकले जनाएको छ ।
सो क्रममा सिभिल बैंकका ७ जना कर्मचारीले सातजना कोरोना भाइरससँग लडेर विजयी भएका कर्मचारीहरुले प्लाज्मा दान गरेका छन् । बैंक ११औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धिहरु प्रस्तुत गरेका थिए ।