आर्थीकसंसार संवाददाता१९ वैशाख, २०८१
१९ वैशाख, २०८१काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख १८ गते बसेको बैठक विशेष साधारणसभा आउँदो जेठ ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले सञ्चालक समितिबाट प्रस्तावित कम्पनीको हालको जारी तथा चुक्तापुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने मुख्य अजेन्डा अनुमोदन गर्नेछ।
सभाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्नेछ।
विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब वैशाख २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन पाउने छन्।