News Portal

  • प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    आर्थीकसंसार संवाददाता१० वैशाख, २०८१
    २२ पटक
    १० वैशाख, २०८१

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा राखको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका संस्थापक शेयरधनीको नाममा यसअघि विक्रीमा राखिएको शेयरमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेकाले बैंकले सर्वसाधारणका लागि शेयर विक्रीमा ल्याएको हो ।

    उक्त शेयर खरिद गर्न ईच्छुक व्यक्तिले सूचना प्रकाशित मिति आज वैशाख १० गतेले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । साथै विक्री गर्ने संस्थापकको नाम र शेयर मूल्यको बारेमा कम्पनीमा बुझन आग्रह गरेको छ ।

    बैंकले गत माघ २२ गते संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी गरी विक्रीमा राखिएको थियो ।
    प्रतिकृया दिनुहोस्