News Portal

  • सिटिजन लाइफद्वारा स्थायी पुर्ण अशक्तता लाभ बापत १० लाख प्रदान

    आर्थीकसंसार संवाददाता९ वैशाख, २०८१
    २२ पटक
    ९ वैशाख, २०८१

    काठमाडौं । सिटिजन लाइफ इन्स्योेरेन्सको चाबहिल शाखाद्वारा गत कार्तिक २६ गते दुर्घटनामा परी स्थायी पुर्ण अशक्त् भएका बीमित मदन बस्नेतलाई स्थायी पुर्ण अशक्तता लाभ बापतको १० लाख रुपैयाँ प्रदान गरेको छ । १० लाख रुपैयाँ बराबरको २० बर्षे सिटिजन शुभारम्भ योजना खरिद गरेका बीमित बस्नेतले बीमा योजनाको करार बमोजिम बीमा शुल्क छुट सुबिधा ,मासिक आय सुबिधा अन्तर्गत मासिक १० हजार र बीमा योजना समाप्ती पपछि बीमांक रकम र बोनश एकैचोटि प्राप्त हुने चाबहिल शाखा प्रमुख दिपक बस्यालले जानकारी दिए ।

    बस्नेत हाल रहेको केयर होममा गई उक्त रकम प्रदान गरिएको हो । उक्त कार्यक्रम एजेन्सी म्यानेजर सुजना लामा , दिपा सुबेदी र परिवारका सदस्य हरुको उपस्थिती रहेको थियो । उक्त अवसरमा बोल्दै बस्नेतका भतिज अतित बस्नेतले बीमाले सहज रुपमा दाबी भुक्तानी गरेकोले सस्थालाई धन्यबाद दिए ।

    प्रतिकृया दिनुहोस्