News Portal

  • प्रभु बैंकका तीन जना सञ्चालकले दिए राजीनामा, सिंह र मानन्धर नियुक्त

    आर्थीकसंसार संवाददाता९ वैशाख, २०८१
    १९ पटक
    ९ वैशाख, २०८१

    काठमाडौं । प्रभु बैंकका ३ जना संचालकको राजीनामा स्वीकृत भएको छ । बैंकमा संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा. डा. गीता प्रधानले आफ्नो पदबाट दिएको राजीनामा बैंकको वैशाख ७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

    सोहि बैठकले २ नयाँ संचालक चयन गरेको छ ।बैठकले संस्थापक शेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं २ सानेपा बस्ने अंगिर मान सिंह र काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं ३ बस्ने तारा मानन्धरलाई नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्