News Portal

  • ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता६ वैशाख, २०८१
    २० पटक
    ६ वैशाख, २०८१

    काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन पेस गरे अनुसार उक्त शेयर विक्री गर्न लागिएको जनाएको छ । उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

    उक्त संस्थापक शेयर खरिद गर्न ईच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी–काठमाडौंमा निवेदन दिनुपर्नेछ । ईच्छुक व्यक्तिले आवेदन दिँदा खरिद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।

    बैंकले ताकेको ३५ दिनको समयभित्र संस्थापक शेयरधनीबाट कुनै पनि खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने बैंकको भनाई छ ।
    प्रतिकृया दिनुहोस्