News Portal

  • सूर्यज्योति लाइफले ९ महिनामा गर्यो ५९.३९ करोड दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता३ वैशाख, २०८१
    ३५ पटक
    ३ वैशाख, २०८१

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चैत महिनामा मात्रै ७ करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ । कम्पनीले चैत महिनामा २९७ वटा दाबीवापत उक्त रकम बराबरको दाबी भुक्तानी गरेको हो ।

    त्यस्तै, कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा १६ सय २१ वटा दाबीबापत ५९ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्