News Portal

  • जनउत्थान सामुदायिक लघुवित्तका नवनियुक्त अध्यक्षमा डा. बीकेले ग्रहण गरे सपथ

    आर्थीकसंसार संवाददाता२ वैशाख, २०८१
    २८ पटक
    २ वैशाख, २०८१

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष डा. मान बहादुर बीकेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा.बीकेले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र राज सुवेदीबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंक द्वारा “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ६ को २ (ढ) को प्रावधान अनुसार शपथ ग्रहण गरेका हुन् ।

    संस्थाको मिति चैत ३० गते सम्पन्न १३औं वार्षिक साधारण सभाले संस्थापक समुहबाट डा.मान बहादुर वीके, डा. मेग बहादुर विश्वकर्मा, यज्ञ विक्रम शाही र सर्वसाधारण समुहबाट हुमा कुमारी कुँवर थापा र गुरुराज बरुवाललाई आगामी कार्यकालका लागि सर्वसम्मत चयन गरेको र सञ्चालक समितिको २२०औं बैठकले समितिको अध्यक्षमा डा.मान बहादुर वीकेलाई सर्वसम्मत चयन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्