News Portal

  • नेपाल लाइफ इन्स्योरेन्सको १५ महिनाको सूचक यस्ता छन्

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७७
    २२०५ पटक
    ८ मंसिर, २०७७

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म)मा ८ अर्ब ९२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
    कम्पनीले गत आर्थिक वर्षको पहिलो ३ महिनामा ७ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै १ अर्ब रुपैयाँ बीमा शुल्क बढी आर्जन गरेको छ ।
    पहिलो त्रैमासमा नेपाल लाइफको नाफा २२ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४४ लाख रुपैयाँ नाफा गरेको थियो । कोरोना महामारीको बीचमा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले पर्याप्त नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सोही अवधिमा ८ करोड ३९ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्ष पहिलो त्रैमासमा कम्पनीले ३९ करोड २२ लाख आम्दानी गरेको कम्पनीले सोही अवधिमा १८ करोड ७८ लाख रुपैयाँ खर्च गरेको थियो ।
    हाल नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको जगेडा कोषमा ३ अर्ब ६६ करोड रुपैयाँ छ । जीवन बीमा कोषमा भने ९४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा कम्पनीको ६० करोड ८० लाख रुपैयाँ रहेको छ ।
    नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेर चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाईंले व्यवस्थापकीय टीमको नेतृत्व गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्