काठमाडौं । एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत रकम भुक्तानी गर्दा सो खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ‘ईन्स्टा बाई योजना’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद सामग्री तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने नविनतम सुविधा ल्याएको हो ।
जुन योजनामार्फत ग्राहकहरूले इच्छाएको सामग्री तत्काल प्राप्त गरी खरिद रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् । क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्ने इलेक्ट्रोनिक्स, घरायसी सामग्री, फर्निचर, टुर प्याकेज, सुन तथा हिराका गरगहनालगायतका सामग्री तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
ग्राहकहरूले क्रेडिट कार्डमार्फत सामग्री खरिद गरेपश्चात आपूmलाई नजिक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिन सक्नेछन् । बैंकले केही दिनभित्रै वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्थासमेत गर्न लागेको छ ।
कोरोना भाइरसको जोखिम कायम रहेकै बेला नगद कारोबारको सट्टा डिजिटल कारोबार गर्नु वान्छनीय रहेको र यस विषम परिस्थितिमा आवश्यक सेवा तथा सामग्रीहरू खरिद गर्न सहज गराउनुपर्ने आफ्नो उत्तरदायित्व महसुस गर्दै बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्ने विश्वासका साथ ‘ईन्स्टा बाई योजना’ सञ्चालनमा ल्याएको जनाएको छ । यस आकर्षक योजनाबाट एकातिर क्रेडिट कार्ड प्रयोगकर्ताहरूले चाहेको सामग्री तथा सेवा तत्काल प्राप्त गर्ने र अर्काेतिर मर्चेन्टहरूले बिक्री भएको सामग्री तथा सेवाको तत्काल भुक्तानी प्राप्त गरी भरपुर फाइदा उठाउन सहज पुग्ने बैंकले विश्वास लिएको छ ।
एनआईसी बैंकको ‘इन्स्टा बाई योजना’ सञ्चालनमा
आर्थिकसंसार संवाददाता८ मंसिर, २०७७
८ मंसिर, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने