News Portal

  • एभरेष्ट इन्स्योरेन्सको नाफामा बृद्धि

    आर्थिकसंसार संवाददाता२६ साउन, २०७७
    ७४० पटक
    २६ साउन, २०७७

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले विश्वव्यापी फैलिएको कोरोना संक्रमणका बीचमा पनि उल्लेख्य नाफा कमाउन सफल भएको छ । आर्थिक वर्ष ०७६\०७७ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा एभरेष्टले ३८१.५४ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल भएको छ ।
    आव २०७५/०७६ मा कूल चार करोड एक लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा गत आवमा उल्लेख्य नाफा कमाउँदै १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । गत आवमा एभरेष्ट इन्स्योरेन्स कम्पनीले १५ करोड ३० लाख रुपैया बृद्धि गर्न सफल भएको हो ।
    एभरेष्ट इन्स्योरेन्सले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार आव २०७६/०७७ मा कूल ४० करोड ८५ लाख ९५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जबकी अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा ३८ करोड ९२ लाख ४७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले आम्दानीका दायरा बृद्धि गर्न सफल भएको वित्तीय विवरणबाट देखिएको छ ।
    इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ११ करोड ६० लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष ९ करोड २४ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, सो कम्पनीले लगानी कर्जा तथा अन्यबाट ७ करोड ४४ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको व्यवस्थापन खर्चसमेत घटेको देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा ९१ करोड ९६ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ भने ६५ करोड ९० लाख २८ हजार रुपैयाँ खर्च गरेको छ ।
    गत आर्थिक वर्षमा एभरेष्ट इन्स्योरेन्स कम्पनीले कूल ७९ हजार ५०२ बीमालेख जारी गरी ९० करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको कूल बीमालेख संख्यामा ह्रास आएको छ । समीक्षा अवधिमा अघिल्लो वर्ष ९० हजार ४५६ वटा बीमालेख जारी गरेको थियो । त्यस्तै गत आवमा एभरेष्ट इन्स्योरेन्स कम्पनीले १२० वटा बीमा पोलिसी नवीकरण समेत गरेको छ ।
    गत आवको असार मसान्तसम्ममा सो बीमा कम्पनीले ४ हजार १५८ दाबी भुक्तानी फस्र्याेट गर्दै ४९ करोड १ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ भने २ हजार ८६१ दाबी वापत ९९ करोड ४५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको वित्तीय विवरणमा उल्लेख छ । यस इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३ गुणा छ ।

    प्रतिकृया दिनुहोस्