News Portal

  • राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

    आर्थीकसंसार संवाददाता२१ फागुन, २०८०
    ८० पटक
    २१ फागुन, २०८०

    काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा साेमबार आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाएका हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिए भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे ।

    राष्ट्रियसभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्