News Portal

  • एनएलजी इन्स्योरेन्सको १४ औं साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०७७
    १३२९ पटक
    ५ मंसिर, २०७७

    काठमाडौं । एनएलजी इन्स्योरेन्सको १४औंं वार्षिक साधारणसभा बेबिनारमार्फत केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ ।
    सो सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्तको वासलात, २०७ं५/०४/०१ देखि २०७६/०३/३१ सम्मको नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरुलगायत अन्य विषयसूचीहरु उपर छलफल भई पारित गर्ने निर्णय गरेको छ ।
    सभामा कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले आव २०७५/७६ सम्मको संचित मुनाफाबाट ६० प्रतिशत हकप्रद शेयर जारीपश्चात कायम भएको चुक्ता पुँजी एक अर्ब दुई करोड छ्यालीस लाख पचास हजार रुपैयाँको ७ प्रतिशतका दरले हुन आउने रकम सात करोड सत्र लाख पचिस हजार पाँच सय रुपैयाँ बोनस शेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि माथि उल्लेखित चुक्ता पुँजीको ० दशमलव ३७ प्रतिशतका दरले हुन आउने सैतीस लाख पचहत्तर हजार छबिस रुपैयाँ नगद लाभांश प्रदान गर्ने जानकारी गराए ।
    त्यस्तै, समूह ‘ख’ को शेयर सहज बिक्री वितरण गर्ने प्रयोजनका लागि सो समूहलाई आवश्यक समायोजन गर्न संस्थापक शेयरधनी समूहको न्युनतम ५१ प्रतिशत हुनु पर्ने वर्तमान प्रावधानलाई दृष्टिगत गरि शेयरधनी समूह ‘ख’ मा रहेको शेयर संख्याको ५ प्रतिशत समानुपातिक हिसाबले संस्थापक समूह ‘क’ मा र बाँकी ९५ प्रतिशत सर्वसाधारण समूहमा समायोजन गरी मिलान गर्न नियामक निकायको आवश्यक स्वीकृति लिई गरिने कम्पनीका अध्यक्ष वाग्लेले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्