News Portal

  • शाइन रेसुङ्गा बैंकको संस्थापक सेयर साधारणमा परिणत

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०७७
    १३८२ पटक
    ५ मंसिर, २०७७

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । आज मात्रै कम्पनीको सो मात्राको सेयर साधारणमा परिणत भएको हो ।
    सो सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५४.८५ प्रतिशत र सर्वसाधारणको ४५.१५ प्रतिशत स्वामित्व हुने छ ।
    तामघासमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, बजार पुँजीकरण ७ अर्ब ८१ करोड २३ लाख रुपैयाँ रहेको छ । बिहीबार (मंसिर ४ गते) कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५९ रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिकृया दिनुहोस्