News Portal

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता१५ फागुन, २०८०
    ५२ पटक
    १५ फागुन, २०८०

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव देवेन्द्र कोइरालाले जानकारी दिए ।

    कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने छ ।

    प्रतिकृया दिनुहोस्