News Portal

  • सेञ्चुरी बैंकले ल्यायो ‘सेन्चुरी सहज खाता’ र ‘सेञ्चुरी क्लिक एकाउन्ट’ सेवा

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०७७
    १८०४ पटक
    ५ मंसिर, २०७७

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी सहज खाता’ र ‘सेञ्चुरी क्लिक एकाउन्ट’ सेवा सुरु गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज बनाउने प्रयास स्वरुप ग्राहकवर्गहरुको सेवालाई ध्यानमा राखी उक्त दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको हो ।
    योसँगै ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा उक्त खाता खोल्न सक्नेछन् । जसमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने छ ।
    बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिँदै उक्त बचत खाताहरुमा प्रबद्र्धनको निम्ति बढी ब्याजदर दिइएको हो ।
    सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेञ्चुरी पेमार्फत वालेटको कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवामार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन ५ हजार रुपैयाँ बराबर क्यास लेस कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक एक लाखसम्म कारोबार गर्न सकिनेछ ।
    त्यसैगरी सेञ्चुरी क्लिक एकाउन्टमा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक १५ लाख रुपैयाँसम्म कारोबारसमेत गर्न सकिनेछ । विशेषगरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरी बैंकले यो खाता सञ्चालनमा ल्याएको हो । उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेशन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र सञ्चालन गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्