News Portal

  • इन्फ्रास्ट्रकचर बैंकले सर्वसाधारणको लागि ८ अर्बको आईपीओ निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०७७
    १३१९ पटक
    ४ मंसिर, २०७७

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकको ८ अर्ब बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै साधारणसभा सम्पन्न भएको छ । बैंकको सो सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । बैंकको बुधबार सम्पन्न साधारणसभाले सर्वसाधारणको लागि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।
    बैंकले यसअघिको साधारणसभाबाट नै सो प्रस्ताव पारित गरे पनि शेयर निष्काशन कार्यले मूर्त रुप नलिएको हुनाले पुनः प्रस्ताव पारित गरेको जनाएको छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपीओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने बताएको छ । त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्नु परेमा सोको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावसमेत पारित गरेको छ । सभाले आर्थिक वर्ष ७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरी पारित गरेको छ भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोकेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्