News Portal

  • गुराँस लाइफ इन्स्योरेन्सको १० औं साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०७७
    १२७८ पटक
    ४ मंसिर, २०७७

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न भएको साधारणसभाले विवेक दुगडको अध्यक्षतामा छ सदस्यीय नयाँ कार्य समिति चयनसमेत गरेको छ ।
    सम्पन्न भएको साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछ कुमार यादव, शम्भुप्रसाद सुवेदी, विनय कुमार तोदी र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट विशाल तातेड निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ । सोही अवसरमा बसेको सञ्चालक समितिको बैठकबाट विवेक दुगडलाई अध्यक्षमा निर्वाचित गरेको कम्पनीले बताएको छ । उल्लेखित सञ्चालकहरुको पदावधि चार वर्षको रहेको छ ।

    प्रतिकृया दिनुहोस्