News Portal

  • आजसम्म शेयर किन्नेले यूनाइटेड अजोड इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने

    आर्थीकसंसार संवाददाता२१ माघ, २०८०
    ७८ पटक
    २१ माघ, २०८०

    काठमाडौं । आजसम्म शेयर किन्नेले यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश पाइनेछ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसअनुसार आज माघ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन् ।

    कम्पनीले आफ्नो ३० औं वार्षिक साधारण सभा फागुन ६ गते आइतबार गर्ने भएको छ । कम्पनीको उक्त सभा अनमोल ब्याङकेट शंखमुलमा विहान ११ बजे गर्ने जनाएको छ । कम्पनीको संचालक समितिको २३औं बैंठकले उक्त सभाको मिति तय गरेको हो ।

    कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १० दशमलव ८०१३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० दशमलव २६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

    सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्यूटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

    सभाले साविक अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्यूटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

    सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आर्थिक वर्ष २०८०/८१ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले समूह क का संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद ३ जना तथा समूह “ख” का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद २ जनाको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले बोनस शेयर जारी गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखि नजिकको पूरा अंक कायम गर्ने, साथै बोनश शेयर जारी गर्दा जारी तथा चुक्ता पूँजीबृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभामा कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोही मोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम आवश्यक फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पेश हुनेछ ।

    प्रतिकृया दिनुहोस्