News Portal

  • एनआईसी बैंक र सिप्रदीबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२५ साउन, २०७७
    ४९७ पटक
    २५ साउन, २०७७

    काठमाडौं । एनआईसी एसिया बैंक र टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिबीच सवारी कर्जा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदीका उपाध्यक्ष सौरभराज थपलिया तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरे ।
    यस सम्झौताअन्तर्गत अब टाटा गाडीका खरीदकर्ताहरुले पहिलो ४ देखि ६ महिना सम्मको किस्ता वापतको रकम तिर्नु पर्दैन । यस्तै पहिलो वर्षको वार्षिक व्याजदरमा परिवर्तन नहुने पनि सम्झौतामा उल्लेख छ । ग्राहकलाई ८.२५५ वार्षिक व्याजदरमा सवारी कर्जा दिन दुईबीच सम्झौता भएको हो । बैंकका अनुसार यस कर्जाको अवधि ८ वर्षसम्मको हुनेछ ।
    सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकले यो सुविधा सिप्रदी ट्रेडिङ्ग प्रालिका देशभरी रहेका सम्पूर्ण डिलरहरुबाट उपलब्ध हुने बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।
    टाटा मोटर्सका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीहरुमा यो कर्जा सुविधा दिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्