News Portal

  • महालक्ष्मी लाईफ इन्स्योरेन्सको सर्बाधिक बोनस दर घोषणा

    आर्थीकसंसार संवाददाता३ मंसिर, २०७७
    २५८२ पटक
    ३ मंसिर, २०७७

    काठमाडौँ । नयाँ कम्पनीमध्ये महालक्ष्मी लाईफले सर्वाधिक बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आव २०७५÷७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रति हजार न्युनतम रुपैयाँ ५० देखि ५२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । महालक्ष्मी सावधिक जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमालेखका लागि ५२ रुपैयाँ बोनश दर तोकेको छ ।
    महालक्ष्मी सरल जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमालेखका लागि ५२ रुपैयाँ बोनश दर तोकेको छ ।
    महालक्ष्मी जीवन हेरचार बीमालेखकालागि ५ देखि १५ वर्ष अवधिको ८५ रुपैयाँ र १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्