आर्थीकसंसार संवाददाता२५ पुष, २०८०

काठमाडौं । दमकको निर्णायक रेफेरेन्स ल्याव प्रालिमा सानिमा बैंकका ग्राहकहरुले स्वास्थ्य परिक्षण गर्दा ४० प्रतिशतसम्म छुट पाउने भएका छन् । ल्याव र सानिमा बैंक दमकबीच मंगलबार छुटसम्बन्धि सम्झौता भएको छ ।
निर्णायक ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्की र सानिमा बैंक दमक शाखाका म्यानेजर अजय कुमार यादवबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अव सानिमा बैंकका ग्राहकहरुले निर्णायक ल्यावमा जुनसुकै स्वास्थ्य परिक्षण गराउँदा १० देखि ४० प्रतिशतसम्म छुट पाउनेछन् ।
निर्णायक ल्याव दमककै एकमात्र अत्याधुनिक मेशिनहरु भएको रेफेरेन्स ल्याव हो । दमक शाखा सानिमा बैंकका शाखाहरुमध्ये एक ठुलो शाखा हो ।