News Portal

  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेश प्रदेशमा नयाँ शाखा

    आर्थीकसंसार संवाददाता२५ पुष, २०८०
    १३८ पटक
    २५ पुष, २०८०

    सिमरा । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बुधबारदेखि बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर ०२, सिमरा रोड स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

    यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले सिमरा शाखाको उद्घाटन गरे । उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए । उनले बैंकिङ सेवाको पहुच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए ।

    बैंकका सिमरा शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखा मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्