News Portal

  • एशियन लाइफको हरिवन शाखाद्धारा १४ लाख ९७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२४ पुष, २०८०
    ११७ पटक
    २४ पुष, २०८०

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको हरिवन शाखाले एक कार्यक्रमको आयोजना गरी सर्लाही मलंगवा नगरपालिका ३ का मृतक सुरज हरि शर्माको परिवारलाई मृत्यु दाबी वापत १४ लाख ९७ हजार ७७६ श्रपैयाँ हस्तान्तरण गरेको हो । उक्त शाखाले स्व.नीजको श्रीमति निरु श्रेष्ठलाई सो रकम वापतको चेक हस्तान्तरण गरेको हो ।

    वर्ष ४६ का सुरज हरि शर्माको मृत्यु अफिसबाट घर फर्कदै गर्दा अचानक रगत बोमिट गरी भएको थियो । उक्त रकमको चेक हरिवन शाखाका प्रबन्धक सरोज के.सी, मार्केटिङ कर्मचारी मुकेश कुमार यादब तथा सिनियर एजेन्सी म्यानेजर जयलक्ष्मी चौधरी,मन्चिमाया स्याङतान र हरिवन शाखाका रत्न कुमार दनुवार लगायतको उपस्थितीमा गरिएको हो ।

    कार्यक्रममा शाखाका शाखा प्रबन्धक सरोज के.सीले बीमाको महत्व र आवश्यक्ताको बारेमा जानकारी दिएका थिए । साथै उनले आजको दिनमा बीमा एक आधारभुत आवश्यक्ता रहेको हुनाले आफुले कमाएको केही अंश बीमा गर्नुपर्ने बताए ।
    प्रतिकृया दिनुहोस्