काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले १६औं वार्षिक साधारणसभा माघ १८ गते सिल्भर ओक ब्याङ्क्वेट गैरीधारा काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
इन्स्योरेन्सको सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन, साविक प्राइम फाइफ, गुराँस लाइफ र यूनियन लाइफो आर्थिक वर्ष २०७८/७९को लेखापरीक्षण प्रतिवेदन, वासलात तथा नाफानोक्सान सहितको सम्पूर्ण वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७९/८०को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।
सञ्चालक समितिमा संस्थापकबाट प्रतिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कम्पनीले जनाएको छ । यस्तै, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्नेछ ।
सञ्चालक समिति तथा उपसमितिको बैठक भत्ता अनुमोदन गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनका लागि माघ ३ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् ।