काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले १६औं वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय लक्ष्मणबाबु भवनको पहिलो तल्ला नक्सालमा उक्त दिन बिहान ९ बजे गर्ने जनाएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को वाषिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।