News Portal

  • सानिमा बैंकले ल्यायो विशेष योजना, यस्ता छन् एजेण्डा

    आर्थीकसंसार संवाददाता२० पुष, २०८०
    १७० पटक
    २० पुष, २०८०

    काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकले पुस २२ गतेदेखि माघ ११ गतेसम्म लागु हुनेगरी यस्तो छुट योजना ल्याएको हो ।

    त्यस्तै, योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरुले जारी शुल्कमा २४ प्रतिशत को छुट प्राप्त गर्ने बैंकले बताएको छ । बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्दै नगदरहित कारोबारका लागि प्रोत्साहन गर्दै आएको छ ।

    सानिमा बैंकले देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२३ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरुमा पनि छुटको व्यवस्था मिलाएको छ ।
    प्रतिकृया दिनुहोस्