News Portal

  • सिद्धार्थ बैंकको सामुदायिक विकास समितिलाई पाँच लाख आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२९ कार्तिक, २०७७
    १९३२ पटक
    २९ कार्तिक, २०७७

    काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
    सहयोग रकमको चेक बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजयसिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेका थिए । उक्त रकम समितिले सुविधानगरस्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा पुस्तक थप गर्न र कम्प्युटर खरिद गरी प्रभावकारी व्यवस्थापना उपयोग गर्नेछ ।

    प्रतिकृया दिनुहोस्