News Portal

  • सिटिजन लाइफले पहिलोपटक घोषणा गर्यो लाभांश

    आर्थीकसंसार संवाददाता१७ पुष, २०८०
    १४३ पटक
    १७ पुष, २०८०

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलोपटक लाभांश घोषणा गरेको छ ।

    कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ०२६२५ प्रतिशत नगद गरी कुल ५ दशमलव २६२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीको हिजो पुस १६ गते बसेको संचालक समितिको बैठकले १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो । बोनश शेयरपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ हुनेछ । कम्पनीले गत भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ विक्री गरेको थियो ।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

    प्रतिकृया दिनुहोस्