News Portal

  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संसोधन गर्याे बचत खाताहरूको बिशेषता

    आर्थीकसंसार संवाददाता१२ पुष, २०८०
    ९६ पटक
    १२ पुष, २०८०

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बचत खाता योजनाको बिशेषतामा संसोधन गरिएको छ । बैंकले विभिन्न खातामा प्रदान गर्दै आएको बीमा सुविधा अबदेखि बन्द गर्ने बैंकले जनाएको छ ।

    बैंकका अनुसार विभिन्न बचत खाता योजनामध्ये कर्पाेरेट बेनिफिट, प्रोफेसनल कर्मचारी र प्रबर्धक बचत खाताको अन्य विशेषताहरू यथावत राखि खातावाला ग्राहकहरूलाई प्रदान गर्दै आएको आकस्मिक मृत्यु बीमा तथा स्वास्थ्य बीमा सुविधा पुस १६ गतेदेखि बन्द गरिनेछ ।

    साथै उल्लेखित बचत खाता संचालन गरिरहेका ग्राहकहरूले खाताको योजना परिवर्तन गर्न चाहेमा बैकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । यस संसोधनबाट ग्राहकहरूमा पर्ने असुविधाको बैंकले क्षमा मागेको छ ।

    प्रतिकृया दिनुहोस्