News Portal

  • नेशनल लाइफको नाफा पौने १२ करोडले बढ्यो

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७७
    १६८६ पटक
    २८ कार्तिक, २०७७

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९१ करोड रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
    कम्पनीले बिमांकीय मूल्यांकन अघि ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो त्रैमासमा २९ लाख ७५ हजार रुपैयाँले बढी छ । कम्पनीको जीवन बीमा कोषमा ३५ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको जगेडा कोषमा १ अर्ब १४ करोड २७ लाख रुपैयाँ रहेको छ । ३ अर्ब ८ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी भएको कम्पनीको महाविपत्ती कोषमा २९ करोड ७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै, प्रति सेयर नेटवर्थ १ सय ४५ रुपैयाँ ८६ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्