News Portal

  • गुडविल फाइनान्सले यस वर्ष लगानीकर्तालाई बनायो निराश

    आर्थीकसंसार संवाददाता८ पुष, २०८०
    ८८ पटक
    ८ पुष, २०८०

    काठमाडौं । गुडविल फाइनान्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ। कम्पनीको पुस ६ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

    बैठकले २०८०/३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    कम्पनीले पुस २९ गते २९औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा विहान ११ बजे कम्पनीको कार्यालय हातिसार काठमाडौंमा गर्ने जनाएको छ ।
    प्रतिकृया दिनुहोस्