News Portal

  • सानिमा बैंकको प्रस्तावित लाभांश पारित

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७७
    १११८ पटक
    २८ कार्तिक, २०७७

    काठमाडौं । सानिमा बैंकको प्रस्तावित १३.६० प्रतिशत लाभांश पारित भएको छ । आज (कार्तिक २८ गते) शुक्रबार सम्पन्न बैंकको १६औं साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    यससँगै सेयरधनीले गत आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश पाउने छन् ।
    विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र सेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी सेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो । उक्त सभा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको हो ।
    आर्थिक वर्ष २०७६÷७७ मा बैंकले १ अर्ब ७८ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै, बैंकको कुल सम्पत्ति १ खर्ब २६ अर्ब रुपैयाँ, कुल निक्षेप १ खर्ब १० अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी ९३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । जुन आर्थिक वर्ष २०७५÷७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १९.३०, १२.२९, र १५.८१ प्रतिशतको वृद्धि हो । बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्