News Portal

  • माछापुच्छ्रे बैंकद्वारा डिजिटल देउसी भैलो आयोजना

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७७
    ११६१ पटक
    २८ कार्तिक, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ । कोरोना भाइरसको जोखिमले गर्दा अघिल्ला वर्षहरुमा जस्तो घरघरमा गएर देउसी–भैलो खेल्ने अवस्था नरहेकाले आपूmसँग प्रतिभा रहेका व्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
    देउसी भैलोमा सहभागी हुन सहभागीहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देशमुलक देउसी भैलो गीत भिडियोसहित बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियोमध्ये सर्वाेत्कृष्ट प्रस्तुतिलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वाेत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।
    सहभागीहरुले बढीमा ३ मिनेटसम्मको भिडियो यही मङ्सिर १ गतेसम्म पठाउनु पर्ने छ । बैंकले विशुद्ध बैंकिङ सेवाको साथ विभिन्न समयमा ग्राहक लक्षित यस्ता प्रतियोगिताको आयोजना गर्देै आएको छ ।

    प्रतिकृया दिनुहोस्