News Portal

  • सिटिजन्स बैंकको ‘यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यासब्याकको बहार’ योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७७
    ११६९ पटक
    २८ कार्तिक, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ‘यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यास ब्याकको बहार’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत तिहारमा पैसा पठाउँदा एक सय रुपैयाँ क्यास ब्याक प्राप्त गर्नेछन् ।
    बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले कात्तिक २९ देखि मंसिर १ गतेसम्म तिन पटक गरी २ हजार रुपैयाँभन्दा बढी रकम मोबाइल बैकिङ्गमार्फत रकमान्तर गरेमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी पैसा पठाउँदा विवरणमा भने ‘सिटिजन्स तिहार’ भनी खुलाउनुपर्ने छ ।
    तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदीबहिनीलाई भाईटिकाको दक्षिणा दिन सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यसका साथै तिहारलाई लक्षित गरी बैंकले डिजिटल सहायता केन्द्रको समेत व्यवस्था गरेको छ ।
    बैंकले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्