काठमाडौं । जीवन बीमक संघ नेपालको प्रथम साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । आज (कार्तिक २८ गते) शुक्रबार सम्पन्न संघको साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको हो ।
नयाँ अध्यक्षमा निर्मल काजी श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । उनी मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान उपाध्यक्ष हुन् ।
त्यसैगरी उपाध्यक्षमा पोषकराज पौडेल निर्वाचित भएका छन् । उनी सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान महासचिव हुन् । त्यसैगरी महासचिवमा सन् नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल निर्वाचित भएका छन् । उनी अघिल्लो कार्यसमिति सदस्य थिए । कोषाध्यक्षमा प्रविन रमण पराजुली चयन भएका छन् । उनी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् । उनी अघिल्लो कार्यसमितिमा पनि कोषाध्यक्ष नै थिए ।
त्यसैगरी सदस्यहरुमा ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, राष्ट्रिय बीमा संस्थानका प्रसासक कविप्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण, गुंराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई, आईएमइ लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल निर्वाचित भएका छन् ।
नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले समग्र बीमा क्षेत्रको व्यवसायिक र दिगो विकासको लागी दुवै संस्था मिलेर जानुपर्ने विषयमा प्रकाश पारेका छन् ।
जीवन बीमक संघ नेपालका निवर्तमान अध्यक्ष शिवनाथ पाण्डेले नयाँ कार्य समिति समक्ष रहेका चुनौती र अवसरको लागि सबै पक्षसँग समन्वय गरेर अगाडि बढ्न शुभकामना दिएका छन् ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन बीमा क्षेत्रको सम्रग विकासको लागि बीमकहरु, संघहरु र समिति आपसमा मिलेर काम गर्नुपर्ने बताउदै नयाँ निर्वाचित कार्य समितिलाई आगामी कार्यकालको लागि बधाई तथा शुभकामना दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईले जीवन बीमा क्षेत्रको उल्लेख्य बृद्धिसँगै मुख्य गरी व्यतित बीमालेख कम गर्ने तथा अभिकर्ताको व्यवसायिकता र व्यवस्थापनमा सुधार गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष निर्मलकाजी श्रेष्ठले सबैलाई धन्यवाद दिँदै सबै मिलेर बीमा क्षेत्रको व्यवसायिक विकास र नविनतम कार्यक्रमहरु सञ्चालन गर्न तथा चुनौतीको मिलेर सम्बोधन गर्न समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जीवन बीमक संघको अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा पौडेल चयन
आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७७
२८ कार्तिक, २०७७- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न