News Portal

  • गरिमा विकास बैंकले घटायो ब्याजदर, आजदेखि लागू हुने

    आर्थीकसंसार संवाददाता२७ मंसिर, २०८०
    ९४ पटक
    २७ मंसिर, २०८०

    काठमाडौं । गरिमा विकास बैंकले ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २७ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर घटाएको हो ।

    बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । रेमिट्यान्स खातामा भने ७.४० प्रतिशत ब्याजदर तोकेको छ ।

    यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो भने रेमिट्यान्स बचत खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.४० प्रतिशतसम्म र ब्यक्तिगततर्फ ९.४० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ भने रेमिट्यान्स मुद्दतीमा १०.४० प्रतिशत तोकेको छ । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.७५ प्रतिशत र ब्यक्तिगततर्फ ९.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो भने रेमिट्यान्स मुद्दती खातामा १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्