News Portal

  • एनएमबि बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०८०
    १२५ पटक
    २५ मंसिर, २०८०

    काठमाडौं । एनएमबि बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले मंसिर २५ गतेदेखि लागू हुने गरी निक्षेपतर्फको ब्याजदर घटाएको हो ।

    बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ६.६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ६.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

    बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.७६ प्रतिशत र ब्यक्तिगततर्फ ९.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    एनएमबि जन्मभूमि रेमिट्यान्स खातामा भने अन्य खाताको तुलनामा २ प्रतिशत बढी ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्