Skip

News Portal

  • सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०८०
    ३८९ पटक
    २१ मंसिर, २०८०

    काठमाडौं। सानिमा बैंकको १९ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम सम्पन्न भएको  छ ।

    बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचामा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

    बिहीबार बिहान ११ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।

    सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल १३३ वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्