News Portal

  • सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

    आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०७७
    १०२० पटक
    २७ कार्तिक, २०७७

    काठमाडौं । सनराइज बैंकको नयाँ शाखा र शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएको छ । बैंकले आफ्नो १३९औं शाखा बाग्लुङ्गमा विस्तार गरी सञ्चालनमा ल्याएको हो । बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका–२ मा शाखा खोलेको हो ।
    साथै, बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि नरेन्द्रकुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी सञ्चालनमा ल्याएको हो । उक्त सेवाबाट ग्राहकवर्गले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।
    बैंकको नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवाको सञ्चालनसँगै १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटीएमहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्