News Portal

  • नेको इन्स्योरेन्सको नाफा १५० प्रतिशत बढेसँगै ईपीएस पनि बढ्यो

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०८०
    ९७ पटक
    १० मंसिर, २०८०

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा १५० प्रतिशत बढाएर ८ करोड ८० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५२ लाख ८६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

    गत असोज मसान्तसम्म कम्पनीले ७६ करोड ४७ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७५ करोड ३८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

    कम्पनीले गत असोजसम्म २९ करोड २८ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ९२ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ, महाविपत्ति कोष १० करोड ५७ लाख रुपैयाँ र निर्जीवन बीमा कोष ३ अर्ब ५७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

    असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी १७.५० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २११.७१ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४६.०६ गुणा छ ।

    प्रतिकृया दिनुहोस्