News Portal

  • ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०८०
    १०७ पटक
    १० मंसिर, २०८०

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘ फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको छ ।

    बैंकले एनसीएचएल संगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘ फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको हो । सो अफर अन्तर्गत हरेक तीनजना भाग्यशाली मोबाइल बैकिङ्ग प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका एनआइएमबी कनेक्ट आइपीएस नोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ ।

    सो अफर मंसिर १० गते देखि पुष ९ गतेसम्म लागु हुनेछ । एनआइएमबी स्मार्टमा उपलब्ध कनेक्ट आइपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीनजना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

    फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो एनआइएमबी स्माटएपमा लग–इन गरी फण्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसलाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएस एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो ।

    भुक्तानी तथा ट्रान्सफरका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ । कनेक्ट आइपीएस को फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । एनआइएमबी स्माटमा रहेकाे कनेक्ट आइपीएस मार्फत प्रति दिन प्रति कारोबार २ लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्