News Portal

  • आयुश केडिया उदयमान युवा उद्यमशील पुरस्कारबाट सम्मानित

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०८०
    १२९ पटक
    १० मंसिर, २०८०

    काठमाडौं । युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित भएका छन् ।

    काठमाडौंमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा सम्माननीय उपराष्ट्रपति राम सहाय यादव र माननिय उद्योग वाणिज्य एवं आपूर्ति मन्त्रि रमेश रिजाल लगायत पर्सा जिल्लाका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

    डिएभी प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले आयुश केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरे । सोही अवसरमा उद्योगपति ताराचन्द केडियाले उद्योग क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।

    उक्त कार्यक्रममा पर्सा जिल्लाका सामाजिक, आर्थिक, प्राज्ञिक एवं राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्